
विराटनगर, माघ २३ । प्रदेश नम्बर–१ को प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारबाट सुरु भएको छ ।
प्रदेशसभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै सदस्यहरुले प्रदेशको नामाकरणको विषय उठाएका छन् ।
मुख्यमन्त्री शेरधन राईले सबै दलको सहमतिमा चालू अधिवेशनबाट प्रदेशको नामाकरण गरिने बताए ।
उनले सबै पहिचान र भूगोललाई समेट्ने गरी नाम टुंगो लगाउने बताउँदै सबैबाट सहयोगको अपेक्षा सरकारले गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्