झापा । बर्षाका कारण कनकाई नदीको बाँध फुटेर गाउँ पस्दा झापा गाउँपालिकाका १ सय ३ परिवार विस्थापित भएका छन् । झापा गाउँपालिकाको वडा नम्बर १ मिलनबस्तीका ८३ र वडा नम्बर २ सडकबारीका २० परिवार विस्थापित भएका हुन् । कनकाई नदीमा आएको बाढी बस्ती पस्दा ठुलो क्षति पुगको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो ।…