गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर नियन्त्रणमा • Image Khabar Image Khabar


गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर नियन्त्रणमा


Imagekhabar
५ श्रावण २०७७, सोमबार १६:५५

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर नियन्त्रणमा

ललितपुर, साउन ५ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु. एक लाख ५० हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ परेका छन् ।

अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्