२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बेलटारबाट वडाअध्यक्ष सहित आठ जना डिस्चार्ज, नगर प्रमुखले गरे विदाई


0
Shares

उदयपुर । उदयपुरको कोभिड –१९ अस्पताल बेलटारबाट वडाअध्यक्ष सहित आठ जना डिस्चार्ज भएका छन् ।

कोरोना जितेर घर फर्केनेमा वार्ड नम्बर–२ का वडाअध्यक्ष सहित ८ जना रहेका छन् ।

नगर स्वास्थ्य शाखा बेलटारले कटारी नगरपालिका–५ का ४८ वर्षीय पुरुष, १७ वर्षीया किशोरी, बेलका नगरपालिका २ का ६४ वर्षीय पुरुष, बेलका–५ का ४० वर्षीय पुरुष, बेलका–९ का ३४ वर्षीय र २३ वर्षीय पुरुष छन् ।

त्यसैगरी उदयपुर गढी गाउपालिकाका ३१ वर्षीय पुरुष पनि डिस्चार्ज भएका छन् । उनीहरु सबैलाइ चौदण्डीगढीका नगरप्रमुख खगेन्द्र राईले खादा ओढाएर बिदाइ गर्नुभयो ।