बारा । जिल्ला प्रशासन कार्यालय बाराले १६ वटै स्थानीय तहमा आजबाट अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरेको छ । बारामा समूदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । जिल्ला कोभिड समन्वय समितीको बैंठकले निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको छ । औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छ ।…