पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने सुदूरपश्चिम प्रदेशको निर्णय « Image Khabar


पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने सुदूरपश्चिम प्रदेशको निर्णय


Imagekhabar
२३ मंसिर २०७७, मंगलवार १८:५५

काठमाडौं, मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लाण्ट राख्ने भएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै टीकापुर अस्पताल र महाकाली अस्पतालमा पनि अक्सिजन प्लाण्ट निर्माण गर्ने निर्णय सरकारले गरेको छ ।

अक्सिजन प्लाण्ट निर्माणको प्रकृया तत्काल सुरु हुने मन्त्री सुवेदीले बताउनुभयो ।

पहाडी जिल्लामा सिलिण्डर बोकेर अक्सिजन लैजानु पर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाले अब त्यसको अन्त्य हुने बताउनुभयो ।

जिल्ला अस्पतालहरुमा मिनि अक्सिजन प्लाण्ट निर्माण गर्ने सरकारको तयारी छ ।

सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा मात्र अक्सिजन प्लाण्ट छ ।

डडेल्धुरा अस्पतालमा भने संघीय सरकारले नै अक्सिजन प्लाण्ट राख्ने तयारी गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्