थलरा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी • Image Khabar Image Khabar


थलरा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी


Imagekhabar
५ श्रावण २०७७, सोमबार १८:००

थलरा गाउँपालिकामा तालाबन्दी गर्ने कांग्रेसको चेतावनी

बझाङ, साउन ५ । नेपाली कांग्रेस बझाङका जनप्रतिनिधिहरुले बझाङको थलारा गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट न्यायोचित नभएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले बजेट वितरण एकतर्फी भएको भन्दै विरोध गरेका हुन् ।

जनप्रतिनिधिहरुले गाँउसभामा आफूहरुको कुरा सुनुवाइ नभएको भन्दै थलारा गाँउपालिका परिसरमा नारावाजीसमेत गरेका छन् ।

नेपाली कांग्रेस थलारा गाँउपालिकाका संयोजक राम बहादुर खातीले आफ्ना मागहरु सुनुवाई नभए गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्