पाँचथर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री, नेकपाका केन्द्रिय सदस्य इन्द्रबहादुर आङबो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङबोले उत्कृष्ट कार्य गर्ने मन्त्री रहिरहन सक्ने र केही नयाँ मन्त्रीहरु थपघट गरी मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने बताउनु भएको हो ।…