इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु • Image Khabar Image Khabar


इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु


इमेजखबर
९ कार्तिक २०७७, आईतवार १७:१०

इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु

इलाम, कात्तिक ९ । इलामका माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु भएको छ ।

‘लकडाउन’का कारण स्थगित कालोपत्रेको काम करिब छ महिनापछि पुनः सुरु भएको हो ।

सडकको करिब ६२ प्रतिशत कालोपत्रे काम सम्पन्न भएको इन्जिनियर राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले पाँच वर्षको अवधिमा चरणगतरुपमा सडक कालोपत्रे गर्ने सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्