मोरङ, कात्तिक ७ । प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । मन्त्री कार्कीले 'कन्ट्याक्ट ट्रेसिङ'का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना 'पोजिटिभ' पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो । मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गराउनुभएको थियो ।…