धनकुटाका कृषकले पाए राहत « Image Khabar


धनकुटाका कृषकले पाए राहत


इमेजखबर
१२ मंसिर २०७७, शुक्रबार १५:४२

धनकुटा, मंसिर १२ । कोरोनाबाट विस्थापित भएका धनकुटाका कृषकले राहत पाएका छन् ।

कृषि क्षेत्रमा परेको आर्थिक मन्दीलाई व्यवस्थापन गर्न सहयोग गरिएको हो ।

प्रदेश नम्बर–१ सरकारले स्वीस सरकारको आर्थिक सहयोग र कारितास नेपालको साझेदारीमा जीविकोपार्जन सहयोग परियोजनाअन्तर्गत् एक हजार ८१४ किसानलाई एक करोड आठ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको हो ।

सहयोगबाट कृषकले हजारी, प्याकिङ प्लाष्टिक, स्प्रे, मल, उन्नत बीऊलगायतका कृषि सामग्री खरिद गर्नेछन् ।

राहत पाएपछि आर्थिक मन्दीमा परेको यहाँको कृषि व्यवसायले गति लिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्