प्रदेश १ मा ५५६ जना संक्रमित थपिए • Image Khabar Image Khabar


प्रदेश १ मा ५५६ जना संक्रमित थपिए


रासस
१२ कार्तिक २०७७, बुधबार १८:२१

प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

विराटनगर, कात्तिक १२ । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मंगलबार सोही अवधिमा ४३ जना सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थनाबाट ७२० जना उपचार भएर घर फर्किएका थिए ।

बुधबार सङक्रमित हुनेमा मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीनतीन र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिलेसम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन् ।

बुधबार मात्र यसप्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा यसप्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्