खुम्बु प्रवेशमा रोक • Image Khabar Image Khabar


खुम्बु प्रवेशमा रोक


Imagekhabar
७ कार्तिक २०७७, शुक्रबार १७:५४

खुम्बु प्रवेशमा रोक

सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ ।

नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको हो ।

त्यसक्षेत्रमा सञ्चालित होटल व्यवसायीलाई पनि सेवा बन्द गर्न आग्रह गरीएको छ ।

हवाई सेवा कम्पनीलाई यात्रु नल्याउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौबाट आएका एक ७० बषिर्य बृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अर्को निर्णय नभएसम्म खुम्बु क्षेत्र प्रबेशमा रोक लगाइएको होे ।

काठमाडौको टेकुमा गरिएको परीक्षणमा हिजो ती बृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्