सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाकाे बारेमा थप अनुसन्धान अघि बढाइएकाे जनाएकाे हाे। प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयाे। उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता…