Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


सशस्त्र प्रहरीद्वारा झापाकाे सीमा नाकामा २ ‘गोप्रो क्यामेरा’ प्रयोगमा


390
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।

सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको ‘बोर्डर इन्टर्‍याक्सन टिम’ (बीआइटी) ले दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो ।साेही प्रविधिले सूचना संकलन तथा निगरानी कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुनै पनि घटना भएमा प्रमाण संकलन, तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा व्यवस्थापन कार्यमा थप सहजता हुने विश्वास लिइएको हाे ।

सशस्त्र प्रहरी बल नेपालले देशका मुख्य सीमा नाकाहरूमा निगरानीको लागि सीसीक्यामराहरू प्रयोग गर्दै आइरहेको छ । बीआइटीलेअन्य सीमा नाकाहरूमा समेत गोप्रो क्यामरा लगायतका आधुनिक डिजिटल उपकरणहरूको प्रयोग गरी परिचालन हुने जनाएको हाे ।