काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजन दाहाल (लेखनाथ)ले आफूलाई अनावश्यक आरोप लगाइ विरोधीहरुले चरित्र हत्या गर्न खोजेको बताउनु भएको छ । सिन्धुलीमा माओवादी पार्टी कार्यालयको भवन निर्माण सम्पन्न भएर संचालनमा आइसकेको अवस्थामा कतिपयले आफूलाई अनियमितता गरेको भनेर जनतालाई भ्रमित पार्न अफवाह फैलाएको भन्दै दाहालले त्यसप्रति आपत्ति जनाउनु भएको छ…