२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


प्रतिनिधिसभामा अध्यक्ष दाहालको सम्बोधन


754
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाउनुभएको छ ।

करिव दुई महिनाको सरकारको प्रदर्शनले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पु¥याएको अध्यक्ष दाहालले बताउनुभयो । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको आरोप समेत लगाउनुभयो । जनताभन्दा स्वार्थ समूहको र अझै माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले खबरदारीका लागि आज बोल्नु परेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणविरुद्ध सरकारले चालेको कदम तत्काल सच्याउनुपर्ने भन्दै दाहालले इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वलाई निशाना साँधेको आरोप पनि लगाउनुभयो । भुटानी शरणार्थी प्रकरण छानविन गरिरहेका इमान्दार प्रहरी अधिकृतलाई दण्डित गरेको र गिरिबन्धु चिया बगान घोटालाको छानविन रोकिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयमा योग्यता र क्षमताको आधार मिच्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागेको आरोप लगाउँदै दाहालले त्यसमा पनि तत्काल सच्चिन सुझाव दिनुभयो ।