काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताउनुभएको छ । हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला मन्त्री पाण्डेले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताउनुभएको हो । नेपाल हवाई यातायात नियन्त्रक संघले…