काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही शुरु भएको र हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको…