काठमाडौं । सत्तारुढ दलहरुले पनि सरकारको सय दिनको कामबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको बैठकमा सत्तारुढ दलका नेताहरुले आगामी कार्तिक ९ गते शुक्रबार अपरान्ह ३ बजे बैठक बसी सरकारको सयको कामबारे साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री ओलीले केही बेरमा राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले सय दिनमा गरेका काम सार्वजनिक गर्नुहुने छ । तर सत्तारुढहरुले पनि सरकारलाई आगामी दिनमा गर्नुपर्ने कामहरुको सुझाव समेत दिनेगरी सय दिनको कामबारे साझा दृष्टिकोण सार्वजनिक गर्ने सहमती गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै टिप्पणी भइरहेका बेला सत्तारुढ दलहरुले सरकारले आागामी दिनमा गर्ने कामहरुसहित उसले सय दिनमा गर्ने कामबारे साझा धारणा सार्वजनिक गर्न लागेको हो । बैठकमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका सत्तारुढ दलका सबै नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्