काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्नुुहुँदै राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै सबैमा सहिष्णुता, सद्भाव…