२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


सिन्धुलीगढीमा विजय उत्सव मनाइँदै


26
Shares

सिन्धुली । तत्कालीन गोर्खाली फौजले अंग्रेजलाई परास्त गरेको सम्झनामा आज सिन्धुली जिल्लाको सिन्धुलीगढीमा २५७ औं उत्सव मनाइँदैछ ।

भारतबाट आएको इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई सिन्धुलीगढीको युद्धमा गोर्खाली फौज र स्थानीय मिलेर पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा विजय उत्सव मनाउने गरिएको छ ।

गोर्खाली फौजले कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज (बेलायती फौज)लाई परास्त गरेर नेपालको अस्तित्व बचाएको सिन्धुलीगढीमा हरेक वर्ष कात्तिक २४ गते विजय उत्सव मनाउने गरिएको हो ।

विक्रम सम्वत १८२४ कात्तिक २४ गते भारतमा रहेको इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेजी फौजलाई गोर्खाली फौजहरुले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेका थिए । यसै दिनको सम्झनामा सिन्धुलीगढीमा विजयोत्सव मनाउने क्रममा हरेक वर्ष नेपालको राष्ट्रिय झण्डा फहराउने गरिन्छ ।