२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुसरणयोग्य : राष्ट्रपति पौडेल


0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्नुुहुँदै राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै सबैमा सहिष्णुता, सद्‍भाव एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपतिको सन्देशमा, ‘फाल्गुनन्दले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उनको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।’ उल्लेख छ । यस्तै महागुरु फाल्गुनन्दले धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गरेको उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले सन्देशमा फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।