काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबारदेखि केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको छ । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ४७ पेज लामो प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीमा गुटबन्दी मौलाएको गुनासो गर्नुभएको छ । एमालेमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्रै गुटबन्दी फस्टाउनु लोकतन्त्रकै लागि घातक…