काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नठान्न आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङ गल्ती गर्ने अनि सडक आन्दोलन गरेर मुक्ति मिल्छ भन्ने नसोच्न आग्रह गर्नुभएको हो ।
पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सञ्चारमन्त्री गुरुङले गल्ती गरेको छैन भने न्यायिक छानविनबाट नतर्सिन आग्रह गर्नुभयो । उहाँले न्यायिक छानविन र अनुसन्धानलाई सघाउन आग्रह गर्दै गल्ती गरेको खण्डमा सडकको आन्दोलनले मुक्त हुनेकुरा नसोच्न आग्रह गर्नुभयो ।
सञ्चारमन्त्री गुरुङले सहकारीको रकम ठग्नेहरुमाथि कारबाही गर्नको लागि र कारबाहीलाई अझ प्रभावकारी बनाउनको लागि र वचतकर्ताहरुको बचत फिर्ता गर्नको लागि सरकार लागि परेको बताउनुभयो । उहाँले अहिलेसम्म सरकारले ६ हजार वचतकर्ताको वचत सम्पूर्ण रुपमा फिर्ता गरिसकेको दाबी गर्नुभयो ।
सञ्चारमन्त्री गुरुङले ८ हजार वचतकर्ताको करिव ७० प्रतिशत फिर्ता गरिसकेको र २ हजारको छानविनको क्रमसँगै ५० प्रतिशत वचत फिर्ता गरेको बताउनुभयो । उहाँले बाँकी ६९ हजार वचतकर्ताको बचत फिर्ता गर्नको लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सरकार समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, असमानता वा भ्रष्टाचारलाई निर्मुल गर्न लागिपरेको बताउनु भयो ।
सञ्चारमन्त्री गुरुङले मुलुकको सुशासन कायम गर्न, मुलुकमा आर्थिक समृद्धिमा योगदान पु¥याउनको लागि सरकारले काम गरिरहेको बताउनुभयो । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता पार्टीको मुख्य शत्रु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्