१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छ : विप्लव


845
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव चन्दले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो ।

महासचिव चन्दले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने बताउनुभयो ।

महासचिव चन्दले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताउनुभयो । उहाँले नेपाली नेताहरुले विशेमा टनाटन पैसा पठाएको उहाँको आरोप छ ।

महासचिव चन्दले अरु राजनीतिक दलहरुले गरेका ध्रुविकरणका कुराहरुमा नयाँ चिज नरहेको जिकिर गर्नुभयो ।