काठमाडौं । आज बिहान नेपालमा गएको भूकम्पको केन्द्रविन्दु चीन रहेको र ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा तिब्बतको दिङ्ग्ये काउन्टीलाई केन्द्रबिन्दु बनाएर उक्त शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौलगायत अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो । एकाबिहानै शक्तिशाली भूकम्प गएपछि मानिसहरु…