काठमाडौं । संक्रमणकालिन न्यायसम्वन्धी संशोधित विधेयकको अमेरिकालगायत दश वटा देशले स्वागत गरेका छन् । संसदका दुवै सदनले पारित गरी पठाएको संक्रमणकालिन न्याय सम्बन्धि विधेयक आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेलगत्तै ती देशहरुले उक्त विधेयकको स्वागत गरेका हुन् । स्वागत गर्ने देशहरुमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियन रहेका छन्…