काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ। राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो। उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभएकाे छ। निर्वाचनमा वुद्धि विवेक पुर्याएर नेतृत्व छान्न समेत उहाँले आग्रह…