Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


रास्वपाको सचिवालय बैठकबाट पाँच निर्णय सार्वजनिक


1.7k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयले मंगलबार राति बसेको बैठकबाट पाँच वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ।

बैठकमा विभिन्न दल, समूह र व्यक्तिहरूसँग चलिरहेको संवादबारे उच्च संवाद समितिले ब्रिफिङ गरेको प्रवक्ता मनिष झाले बताए। राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको निर्देशनअनुसार अघि बढ्न सचिवालयले सहजीकरण गर्ने निर्णय गरिएको छ।

सुशासन र द्रुत विकासका लागि समर्पित वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ। तथा रिक्त रहेका तीन केन्द्रीय आयोगका पदपूर्तिका लागि योग्य उम्मेदवार सिफारिस गर्न केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

यसैगरी, प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचनकेन्द्रित भूमिकासहित नयाँ प्रदेश इन्चार्ज केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय बैठकले गरेको छ। सबै पालिकामा ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय समेत गरिएको छ। कार्यसम्पादन मूल्यांकनका आधारमा कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णयसमेत रास्वपाले सार्वजनिक गरेको छ।