Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


म्यान्माको आगामी निर्वाचन स्वतन्त्र र विश्वसनीय रूपमा हुने आशंका


156
Shares

एजेन्सी। थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि शुरु हुन लागेका म्यान्माका निर्वाचनहरू स्वतन्त्र र विश्वसनीय दुवै नहुने बताउनुभएकाे छ।

उहाँले हिरासतमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान समेत गर्नुभएकाे हाे। सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा सरकारले निर्वाचित जनादेश पाएको सुकी नेतृत्वको सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । त्यसपछिका वर्षहरूमा तीव्र गृहयुद्ध भड्किएको छ।

सैन्य जुन्ताले यो निर्वाचनलाई मेलमिलाप र स्थिरतामा फिर्ता जाने अवसरका रूपमा चित्रण गर्दै आएकाे छ। तर पनि नेतृ सुकी तथा विघटन गरिएको उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई सहभागी हुन नदिइएकोले निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको हाे।