Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन


806
Shares

काठमाडौं ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित सडकमा उत्रिएका युवाहरूले बस्नेतले जेनजी आन्दोलनप्रति देखाएको आक्रामक अभिव्यक्तिको विरोध जनाएका हुन्।

२३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा बस्नेत निरन्तर जेनजी युवामाथि टिप्पणी गर्दै आएका छन्।

यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाको विरोधले सिमरा दुई दिन अशान्त बनेको थियो।