काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिनुभएकाे छ। उहाँले पदबाट दिएको राजीनामा सोमबार फिर्ता लिएको रास्वापाले जनाएको हाे। यसअघि उहाँले ‘पार्टी छोडेको होइन र काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको बताउनुभएकाे थियाे। राजीनामा दिनुअघि उहाँले जिल्ला कार्यसमितिको बैठक बोलाउनुभएकाे थियाे। बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएता…