काठमाडाैं । नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गर्नुभएको छ । बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता केसीले विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित भएकै दिन निवर्तमान केन्द्रिय समिति स्वतः विघटन भइसकेको भन्दै उसले कुनैपनि प्रकारको कारबाही…