Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


उदयपुरमा ३२ प्रतिशत मतदान


78
Shares

उदयपुर । उदयपुर जिल्लामा दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान भएको छ। क्षेत्र नं. १ मा ३५ प्रतिशत र क्षेत्र नं. २ मा २८ प्रतिशत मतदान भएको जनाइएको छ।

जिल्लाको कटारी नगरपालिका–३ मा बिहान प्रहरीको गोली लागेर एक मतपेटिकामा क्षति पुगेको थियो। तत्काल उक्त मतपेटिका परिवर्तन गरी पुनः मतदान सुरु गरिएको थियो। त्यसपछि अन्य स्थानमा भने सामान्य रूपमा मतदान भइरहेको जनाइएको छ।

उदयपुरमा कुल २ लाख ३८ हजार ९ सय २६ मतदाता रहेका छन्। जसमध्ये क्षेत्र नं. १ मा १ लाख ४२ हजार ८ सय ४ र क्षेत्र नं. २ मा ९६ हजार १ सय २२ मतदाता रहेका छन्।