काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई पक्राउ गर्नुको आधार र कारण खुलाउन आदेश दिँदै उनलाई अदालतमा उपस्थित गराउन भनेको हो। दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। उनको पक्राउपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।…