काठमाडौं, असार २ । भूकम्पपछिको पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै व्यवस्थापिका–संसदमा चर्को आलोचना खेपेपछि त्यसबारे छलफल गर्न विहीबार (आज) एमाले संसदीय दलको बैठक बसेको छ ।पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएर एमालेले पुनःनिमाणको सन्दर्भमा भइरहेका कामबारे जानकारी लिएको हो ।त्यसक्रममा कार्यकारी निर्देशक ज्ञवालीले पुनःनिर्माणको सन्दर्भमा प्राधिकरणले तीव्रताकासाथ काम गरिरहेको र यसमा सबै…