Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


चुरेभावरलाई प्रधानमन्त्रीले वार्तामा बोलाए


0
Shares

काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाएका छन् ।

प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्षलाई सम्बोधन गरेर वार्ताको लागि आह्वान गरेर निमन्त्रणा पठाएका हुन् ।

प्रधानमन्त्रीले पठाएको पत्रमा नेपालको संविधान जारी भएपछि तराई मधेसलगायतका क्षेत्रमा विभिन्न मोर्चा तथा समूहले जारी गरेको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनका लागि जारी वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख भएको सो पार्टीका अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेले बताए ।

प्रधानमन्त्रीको वार्ताका लागि गरिएको आह्वानपत्र विद्यमान राजनीतिक संक्रमणको अन्त्यका लागि निकै फलदायी हुने भएकाले पार्टीले स्वागत् गर्दै वार्तामा बस्न तयारी गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

उक्त पार्टीले समग्र चुरेभावर क्षेत्रलाई समेट्ने गरी बेग्लै प्रदेशको माग गर्दै विगतमा गरेको आन्दोलनका समयमा सरकारले ९ बुँदे सहमति गरेको थियो । रासस