काठमाडौं, भदौ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले विहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणकाबेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताकाबारेमा जानकारी गराएको राष्ट्रपति…