पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धालाई प्रधानमन्त्रीले दिए सान्त्वना • Image Khabar Image Khabar


पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धालाई प्रधानमन्त्रीले दिए सान्त्वना


Imagekhabar
९ भाद्र २०७३, बिहीबार १९:५८

पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धालाई प्रधानमन्त्रीले दिए सान्त्वना

काठमाडौं, भदौ ९ । पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिहीबार भेट गरेका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचयपत्रको व्यवस्था नगरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्री दाहालले घाइते योद्धाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्ने आश्वासन दिए । उनले माओवादी जनयुद्धलाई सफल बनाउन भूमिका निर्वाह गरेका योद्धाहरुलाई आफूहरुले बिर्सन नसक्ने भन्दै सान्त्वनासमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्