१० वर्षपछि महिला संघको तेस्रो महाधिवेशन भदौ २९ देखि • Image Khabar Image Khabar


१० वर्षपछि महिला संघको तेस्रो महाधिवेशन भदौ २९ देखि


Imagekhabar
८ भाद्र २०७३, बुधबार २१:०९

१० वर्षपछि महिला संघको तेस्रो महाधिवेशन भदौ २९ देखि

काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन १० वर्षपछि आगामी भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

महिला संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमन्डपमा महाधिवेशन हुने जानकारी दिएको हो ।

महाधिवेशनमा आगामी कार्ययोजना र विधानबारे छलफल गरी नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्