भारत भ्रमणबारे निधिले राष्ट्रपतिलाई जानकारी गराए • Image Khabar Image Khabar


भारत भ्रमणबारे निधिले राष्ट्रपतिलाई जानकारी गराए


Imagekhabar
९ भाद्र २०७३, बिहीबार २१:४९

भारत भ्रमणबारे निधिले राष्ट्रपतिलाई जानकारी गराए

काठमाडौं, भदौ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले विहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणकाबेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताकाबारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भारत भ्रमणमा उपप्रधानमन्त्री निधिले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुका साथै राष्ट्रपति भण्डारीको भारत भ्रमणकाबारेमासमेत कुराकानी गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्