काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनकाे बैठक बिहीबार बस्दैछ ।
संसद सचिवालयले प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने भएकाे छ। बैठकमा बिहीबारै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे ।
अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ । बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको हाे ।

त्यसैगरी राष्ट्रियसभाको बैठक पनि बिहीबार दिउँसाे सवाँ १ बजेदेखि शुरू हुने भएकाे छ ।











प्रतिक्रिया दिनुहोस्