Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


नेपाल प्रहरीका एकै पटक ५०९ जना प्रहरी निरीक्षकको सरूवा (सूचीसहित)

आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत प्रहरी निरीक्षककाे सरुवा गरिएको उल्लेख

0
Shares

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार राति एकै पटक ५ सय ९ जना प्रहरी निरीक्षकहरूको सरुवा  गरेको हो।जनपद प्रहरी समूहका ५ सय ९ जना इन्स्पेक्टरहरूलाई विभिन्न कार्यालयमा सरुवा तथा काज गरिएको छ। सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ।

सरुवा सूची अनुसार विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग र प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी प्रधान कार्यालयले आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत प्रहरी निरीक्षककाे सरुवा गरिएको जनाएकाे हाे ।