ओली थाइल्यान्ड गए, भने–‘औचित्यबिना संविधान संशोधन गर्न सकिँदैन’ • Image Khabar Image Khabar


ओली थाइल्यान्ड गए, भने–‘औचित्यबिना संविधान संशोधन गर्न सकिँदैन’


Imagekhabar
९ भाद्र २०७३, बिहीबार २१:१९

ओली थाइल्यान्ड गए, भने–‘औचित्यबिना संविधान संशोधन गर्न सकिँदैन’

काठमाडौं, भदौ ९ । पूर्वप्रधानमन्त्री तथा नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा एमालेको जोड रहने स्पस्ट पारेका छन् ।

नियमित स्वास्थ्य जाँचका लागि विहीबार थाइल्यान्ड जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान अपरिवर्तनीय नभएपनि बिनाऔचित्य संशोधन गर्न नसकिने स्पस्ट पारे ।

उनले संविधान संशोधनका लागि भइरहेका प्रयासबारे आफूहरु जानकार नरहेको पनि बताए ।

अहिलेको सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ नरहेको ओलीको भनाइ थियो ।

अध्यक्ष ओली दुई सातासम्म थाइल्यान्ड रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्