काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गर्नुभएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गर्नुभएको हो । उहाँले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष…