Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः संयाेजक दाहाल

निर्वाचन मुलुकको राष्ट्रिय आवश्यक्ता भएका कारण पछि हटन मिल्दैन

195
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले बाहिर जे बोले पनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गर्नुभएको हो। अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहज विकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकतावद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गर्नुभयो।

संयाेजक दाहालले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र नेपाली कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अब निर्वाचनलाई सम्पन्न गर्ने नै राष्ट्रको मुख्य काम भएको बताउनुभयो।

संयाेजक दाहालले निर्वाचन मुलुकको राष्ट्रिय आवश्यक्ता भएकाले त्यसबाट पछि हटन नमिल्ने पनि बताउनुभएकाे छ।