काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितका मुद्दा समाधान गर्न नेपाली कांग्रेस लागि परेको बताएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा द्वन्द्व पीडित राष्ट्रिय समाजको ज्ञापन पत्र बुझ्दै उनले द्वन्द्वबाट सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई पुगेको भन्दै समस्या सामधानमा पार्टी गम्भिर छ भने । उनले द्वन्द्व पीडितका लागि गठित सत्य निरुपण तथा मेलमिलाप…