बुटवल/ पाल्पा/रोल्पा, मंसिर २१ । सीमांकन हेरफेर गर्ने संविधान संशोधनको सरकारी प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका जिल्लाहरुमा सातौै दिन आज पनि बन्द र प्रदर्शन कायमै छ ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन नुहने भन्दै बिहानैदेखि प्रदर्शन गरिएको हो । बुटवलका चोक–चोकमा प्रदशनकारीले नाराबाजी गरेका छन् ।
संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।
पाल्पामा पनि तराई र पहाड छुट्याउने प्रस्तावविरुद्ध ६ दिनदेखि भएको अनिश्चितकालीन बन्द जारी छ ।
आन्दोलनमा विभिन्न दलका नेता कार्यकर्तासहित सर्वसाधारणको ठूलो सहभागीता छ । ६ दिनदेखिको बन्दका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
त्यस्तै, रोल्पा र प्यूठानमा पनि विरोध प्रदर्शन जारी छ । आन्दोलन समयभर बजार, पसल, होटेल यातायात उद्योग कलकारखाना बन्द गरिएको छ । गुल्मीमा अनिश्चिकालिन आम हड्ताल कायमै छ ।









प्रतिक्रिया दिनुहोस्