Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


देश नियन्त्रणबाट बाहिर जाने कमल थापाको चेतावनी


0
Shares

काठमाडौं, मंसिर २१ । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखन्डताका लागि दलहरुको नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशंका गरेका छन् ।

रिपोर्टस् क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले संविधान जारी भएको करिब १५ महिना भएपनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भइ समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने सुझाव दिए ।

यथास्थितिमा संविधान संशोधन विधेयक स्वीकार्न नसकिने बताउँदै उनले भने–‘विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् ।’

उनले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नम्बर–५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले निर्धारित् समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पस्ट गरे । रासस

Skip This