Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


अबको दुई साताभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा : मन्त्री केसी

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले संविधान कार्यान्वयनको पाटोमा सरकार अगाडि बढेको भन्दै त्यसका लागि निर्वाचनको मिति घोषण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले आगामी जेठको दोस्रो साताभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी रहेको पनि बताए । निर्वाचन घोषणाअगावै संविधान संशोधन प्रक्रियालाई टुंगोमा पुर्‍याउने सरकारको योजना रहेको उनको भनाइ थियो ।